कोरोना प्रभावबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाको सर्वेक्षण

कोरोना प्रभावबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाको सर्वेक्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसबारे बुझाइ र यसले पारेको प्रभावबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाले गुगल फर्ममार्फत सर्वेक्षण थालनी गरेको छ। कामपाको सहरी योजना आयोगले यस कार्यको शुरु गरेको हो । यसका लागि तीन वटा क्षेत्र छुट्याइएको छ । कोभिड–१९ सम्बन्धी बुझाइ र यसले पारेको प्रभावको अवस्थालाई तथ्याङ्कमा लैजान उक्त अभ्यास गरिएको हो ।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार जनसाधारणलाई पहिलो क्षेत्रमा राखिएको छ । जनसाधारणलाई १३ वटा प्रश्न र तीनका वैकल्पिक उत्तरबाट बुझाइ र प्रभावका बारेमा जानकारी लिन खोजिएको छ । प्रश्नावलीमा कोरोना भाइरसको बुझाइ, सङ्क्रमणका बारेमा जानकारी प्राप्त गर्ने माध्यम, लकडाउनका समयमा के गर्दै हुनुहुन्छ ? परिवारका सदस्य कसैलाई सङ्कट पर्यो कि ? कोठा भाडा कुन–कुन महिनाको तिर्नुभयो ? जस्ता प्रश्न रहेका छन् ।

त्यसैगरी दीर्घरोग भएको व्यक्ति वा नियमित औषधि खानु पर्ने कोही हुनुहुन्छ ? भए कतिजना हुनुहुन्छ ? फोहोर सङ्कलन भएको छ कि छैन ? भएको छ भने कति दिनमा भएको छ ? लकडाउनपछि दैनिकीलाई सहज बनाउने के योजना बनाउँदै हुनुहुन्छ , लगायत रहेको छ । फारम भर्नका लागि नागरिकले तल प्रस्तुत गरिएको सर्वेक्षण लिङ्कमा जानुपर्छ ।

यसैगरी शैक्षिक संस्थाहरुलाई अर्को क्षेत्रका रुपमा राखिएको छ । यसमा विद्यालयको प्रकार, शिक्षक, विद्यार्थीको सङ्ख्या, शैक्षिक सत्र सञ्चालनको तयारी, लकडाउनका समयमा चलाइएको शिक्षण विधि, विद्यालयका भएका सरसफाइ र स्वच्छताका लागि उपलब्ध सुविधा, विद्यार्थी काठमाडौँ उपत्यका बाहिर भएको भए सङ्ख्या, लकडाउनपछि कक्षा र शैक्षिक कार्यक्रम सञ्चालन योजना, अभिभावक र विद्यार्थीका सुझाव तथा सुझाव कार्यान्वयनका लागि विद्यार्थीको तत्परता प्रश्नावलीमा समेटिएका छन् ।

आर्थिक क्षेत्रको सर्वेक्षण गरिनेछ । अहिले आयोग आर्थिक क्षेत्रका लािग लागि भने कामपा तयारीमा मात्र जुटेको छ । यस क्षेत्रमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक, घरेलु तथा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिदेखि साना तथा मझौला व्यापार तथा उद्यम र सहकारी क्षेत्रलाई समेटिनेछ ।रासस

Logo