नेपालमा थपिए १९ नयाँ संक्रमित, कूल संख्या ६०३ पुग्यो

नेपालमा थपिए १९ नयाँ संक्रमित, कूल संख्या ६०३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा पछिल्लो पटक १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १९ जना थपिएका हुन् । विगत २४ घण्टा यता कुनै संक्रमितको तथ्यांक सार्वजनिक भएको थिएन ।

शनिबार ६८ जना र शुक्रबार ५९ जना नयाँ संक्रमित देखिएका थिए । यससँगै हालसम्म कूल संक्रमितको संख्या ६०३ पुगेको छ । ४२ जिल्लामा संक्रमित देखिएका छन् । त्यस्तै ८७ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा मोरङ बारदशी ३ का ४५ वर्षिय पुरुषमा संक्रमण पोेजेटिभ देखिएको हो । यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षिय पुरुष, वीरगञ्ज पर्साका २५ वर्षिय, पर्साका ३४ वर्षिय पुरुष र पर्साकै नागबाका ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षिय पुरुष, सर्लाहीको हरिपुर ६ का ४८ वर्षिय पुरुष, रुपन्देही सम्मरीमाइ ५ का ४० र ५० वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीका १६ वर्षिय किशोर, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षिय वृद्ध, नुवाकोट ककनीका ३९ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षिय पुरुष कपिलवस्तुका ३५, ३७ र ५२ वर्षिय पुरुष, गुल्मी मदानेका ३१ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । अहिले ४२ जिल्लामा संक्रमण देखिएको छ । ८७ जना उपचारपछि निको भएर घर फर्किका छन् ।

सरकारले आइतबारसम्म पीसीआर विधिबाट ४८ हजार ८ सय १५, र आरडिटी विधिबाट ९० हजार २६ नमुना परीक्षण गरेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५६ र आरडिटी विधिबाट ३ हजार ७ सय ९१ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा १० हजार २ सय ५४, प्रदेश नम्बर २ मा ६ हजार ३ सय ४४, बागमती प्रदेशमा २२ हजार ८ सय ११ र गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १३ हजार २ सय ६७, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण भएको छ ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ५०, प्रदेश नम्बर २ मा ८ हजार २ सय ३८, बागमती प्रदेशमा ५ सय ६२ र गण्डकी प्रदेशमा ८ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १९ हजार ५ सय २५, कर्णाली प्रदेशमा ३ हजार ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ४३ जना गरी देशभरी ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश नम्बर १ मा ६०, प्रदेश नम्बर २ मा १ सय ६६, बागमती प्रदेशमा २४ र गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ४७, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी ५ सय १३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

Logo