नेपाल पत्रकार महासंघ काभ्रे शाखाद्वारा १ सय ३७ सदस्यको कोरोना बीमा

नेपाल पत्रकार महासंघ काभ्रे शाखाद्वारा १ सय ३७ सदस्यको कोरोना बीमा

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा काभ्रेले विभिन्न संघ संस्थाहरुको समन्वयमा जिल्लामा क्रियाशिल पत्रकारहरु तथा महासंघमा आवद्ध भएका सदस्यहरुको कोरोना संक्रमण सम्वन्धी बीमाका लागि आवश्यक कागजात र बीमा प्रिमियम सहित १ सय ३७ जनाको सूची युनाईटेड इन्स्युरेन्स कम्पनीमा बुझाएको छ ।

उक्त बीमा कागजात बुझाएको १५ दिनपछि मात्रै लागू हुने बताइएको छ । बीमाको सम्झौता कोरोना संक्रमण भएको पिसिआर परीक्षणको कागजात भएसँगै १ लाख रुपैयाँ भुक्तानी हुनेछ । सरकारले सबै खालको उपचार र परिक्षण गर्ने भएकाले यो बीमा बापतको रकम संक्रमण भए लगत्तै उपलब्ध हुनेछ ।

‘सकेसम्म कोहि साथीहरुलाई संक्रमण नहोस् । सुरक्षित रुपले पेशालाई निरन्तरता दिनु आवश्यक छ । यदि कथंमकथाचित महामारीमा जोगिन सकिएन र संक्रमण भई हालेमा उक्त रकम भुक्तानी हुनेछ । प्रति सदस्य ६ सयका दरले आवश्यक रकम महासंघले बीमा कम्पनीलाई भुक्तानी गर्नेछ ।’ शाखा कार्यालय काभ्रेले जारी गरेको सूचनामा उल्लेख छ ।

Logo