बिहानै थपिए ३२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमित ५४८ पुगे

बिहानै थपिए ३२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमित ५४८ पुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बिहानै ३२ जना थपिएका छन् ।

यस अघि शुक्रबार एकै दिन ५९ जना नयाँ संक्रमित देखिएका थिए ।

पछिल्लो पटक देखिएका संक्रमितहरु कपिलवस्तु, बारा, चितवन, काठमाडौँ , सर्लाही र रुपन्देहीका रहेका छन् ।

हिजो मकवानपुर, भक्तपुर, बारा र सप्तरीका रहेका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

हाल सम्म ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

Logo