कपिलवस्तुमा दुई जना पत्रकार सङ्क्रमित, जिल्लाका सबै स्थानिय तहमा कोरोना

कपिलवस्तुमा दुई जना पत्रकार सङ्क्रमित, जिल्लाका सबै स्थानिय तहमा कोरोना

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।

आज सङ्क्रमण पुष्टि भएमध्ये कपिलवस्तुमा दुई सञ्चारकर्मी रहेका छन् । ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सङ्क्रमित सञ्चारकर्मीसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। ती सञ्चारकर्मी जिल्लामा रहेको क्वारेन्टाइनको समाचार सङ्कलन गर्न फिल्डमा गएका समयमा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार वाणगङ्गा–४ ठाकुरापुरमा आठ वर्षीया बालिकामा कोरोना सङ्क्रमण भएको छ । यसभन्दा अगाडि सोही स्थानकी छ वर्षीया बालिकामा कोरोना देखिएपछि यहाँ स्वाब सङ्कलन लिइएको थियो । त्यसमध्येबाट शुक्रबार थप एक बालिकामा पनि सङ्क्रमण देखिएको हो ।

काठमाडौँमा उपचाररत बालिकालाई कोरोना देखिएपछि ठाकुरावासी र बालिकालाई काठमाडौँ लैजाने चालकको पिसीआर परीक्षण गरिएको थियो । ती मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको वाणगङ्गाका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । कपिलवस्तुका सबै पालिकामा कोरोना सङ्क्रमित देखिएका छन् । ती मध्ये यशोधरा गाउँपालिमामा १२, कपिलवस्तु नगरपालिकामा १०, महराजगञ्जमा नौ, कपिलवस्तु नगरपालिकामा नौ, बुद्धभूमिमा चार, शिवराज नगरपालिकामा तीन जना रहेका छन् । यस्तै मायादेवी गाउँपालिकामा ११, विजयनगरमा चार, शुद्धोधनमा दुई र वाणगङ्गा नगरपालिकामा छ रहेका छन् ।

नौ सङ्क्रमित मध्ये छ जना भारतबाट आएका

कपिलवस्तुमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कोरोना देखिएको छ ।रासस

Logo