थपिए ३० जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४८७

थपिए ३० जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४८७

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी दिएको हो ।

पछिल्लो पटक ३० जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु कपिलवस्तु, सर्लाही र नवलपरासीका रहेका छन् ।

हालसम्म संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ । ४९ जना निको भएका छन् । हिजो टेकु अस्पतालबाट ४ जना निको भएका हुन् । बाँकी संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

Logo