नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी दिएको हो ।

पछिल्लो पटक ३ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु बाँके र कपिलवस्तुका रहेका छन् ।

हालसम्म संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ । ४९ जना निको भएका छन् । आज टेकु अस्पतालबाट ४ जना निको भएका हुन् ।बाँकी संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।

Logo