सिन्धुपाल्चोकमा स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

सिन्धुपाल्चोकमा स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोककाे  जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु १० लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बीमाङ्क रकम प्राप्त गर्ने र रु १० लाख बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ । बीमावापतको शुल्क जनप्रतिनिधि आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको सो गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यसैगरी सो गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै सेलाङ मावि सेलाङ, गोल्चे बगर, वडा नं ३ कालीदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवासस्थल तयार गर्ने उनले बताए।

होम क्वारेन्टाइनलाई व्यवस्थित गर्न बनाइएको मापदण्ड पारित गर्ने तथा उक्त मापदण्डको पालनाका लागि उचित प्रचारप्रसार गर्ने र जुगल बाहिरबाट आएका जो सुकै व्यक्तिका लागि अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको जनाइएको छ । गाउँपालिकाले कोरोना सङ्क्रमण परीक्षणको दायरालाई बढाइ आव २०७७/७८ को नीति तथा कार्यक्रम तयारीका लागि विषयगत समितिहरुले कार्य थालनी गर्नेछन् ।

प्रहरी कार्यालयमा ३० मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा लकडाउनमा मात्रै विभिन्न ३० मुद्दा दर्ता भएका छन् । कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार हालसम्म ती सङ्ख्यामा मुद्दा दर्ता भइ कारवाही भइरहेको छ । उनका अनुसार आव २०७६/७७ अन्तर्गत ०७६ साउन महिनादेखि लकडाउन अघिसम्म जम्मा २४३ मुद्दा दर्ता भइ कारवाही भएका छन् ।

दर्ता भएकामा मुद्दामा जबर्जस्ती करणी अन्तर्गत दुई, ज्यान मार्ने उद्योग अन्तर्गत तीन, अभद्र व्यवहारमा पाँच, गौवध तीन, कालोबजारी दुई, आत्महत्या आठ, कर्तव्य ज्यान एक, बाल यौन दुराचार एक लगायत अन्य उनले बताए । हाल सम्म मुद्दा दर्ता भएका संख्या जम्मा २७३ मध्ये ११ अदालत गएको र १४ वटाको छानबिन भईरहेको पनि उनले जानकारी दिए ।रासस

Logo