नेपालमा थपिए २५ जना नयाँ संक्रमित, कूल संख्या ४२७ पुग्यो

नेपालमा थपिए २५ जना नयाँ संक्रमित, कूल संख्या ४२७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो पटक थप २५ जना नयाँ संक्रमित रहेका छन् ।

आज थपिएका नयाँ संक्रमित मध्ये बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

कूल संक्रमित मध्ये ४५ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Logo