कोरोना सङ्क्रमित र सुत्केरीलाई फरक स्थानमा उपचारको व्यवस्था गर्न सासंदहरुको सुझाव

कोरोना सङ्क्रमित र सुत्केरीलाई फरक स्थानमा उपचारको व्यवस्था गर्न सासंदहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नन्दा चपाईंले कोरोना भाइरसका बिरामी र गर्भवती सुत्केरीको उपचार एकै ठाउँमा गरेको पाइएको हुँदा फरक फरक स्थानको व्यवस्था गर्न सरकारसँग माग गरे ।

“कतिपय अस्पतालमा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको उपचार र गर्भवती तथा सुत्केरीको उपचार भएको देखियो”, सांसद चपाईले भने, “ती उपचार फरक फरक हुन जरुरी छ, जनतालाई सुविधा होस् मुख्य कुरा यही नै हो ।” नेपाली काँग्रेस प्रकाश पन्थले सरकारले विदेशमा सङ्कटमा परेका नेपालीलाई नेपालमा ल्याउने व्यवस्था मिलाउनु पर्ने सुझाव दिए । उनले भने, “सबै नेपालीलाई विदेशबाट ल्याउनु पर्छ भन्ने होइन, कामविहीन र समस्यामा परेका नेपालीलाई ल्याउनुपर्छ, सरकार नेपाली नागरिकको अभिभावक हो ।”

सांसद पन्थले क्यारेन्टाइन बनाउन समस्या परेको भन्ने कुरा आइरहेको उल्लेख गर्दै नेपालमा धेरै सुविधा सम्पन्न होटललाई क्वारेन्टाइन प्रयोग गर्न समेत सुझाव दिए । नेकपाका मायाप्रसाद शर्माले कोरोना भाइरसको सङ्क्रमणका कारण विपदमा परेका नागरिकको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव दिए।रासस

Logo