नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । पछिल्लो पटक मृत्यु हुने व्यक्ति गुल्मीका रहेको बताइएको छ । स्रोतका अनुसार गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसको औपचारिक पुष्टि गर्न भने बाँकी छ ।

बुटवलको क्रिम्सन अस्पतालमा उपचार गराइरहेका उनलाई जेठ १ गते जण्डिस, ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा चेक अप गराएर उपचार सम्भव नभएपछि बुटबलको क्रिमसन अस्पतालमा लगिएको थियो ।

यस अघि सिन्धुपाल्चोक र बाँकेका गरि २ जनाको मृत्यु भइसकेको छ । हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएका छन् ।

Logo