कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना भएको पुष्टि

कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना भएको पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौंको कालिमाटी प्रहरी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरस पोजिटिभ देखिएको पुष्टि भएको छ ।

हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा तीन जनामा कोरोना भएको पुष्टि गराएको थियो । त्यहि ३ जना मध्ये कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरी रहेको बताइएको छ ।

उनीहरुमा कोरोना पुष्टि भए लगत्तै कालिमाटी, बल्खु, कलंकी र स्युचाटार प्रभागमासमेत उच्च सतर्कता अपनाइएको बताइएको छ ।

Logo