अब पैसा तिरेर स्वेच्छिकरुपमा कोरोना परीक्षण गराउन पाइने

अब पैसा तिरेर स्वेच्छिकरुपमा कोरोना परीक्षण गराउन पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले स्वेच्छिकरुपमा कोरोना परीक्षण गर्न सक्ने व्यवस्था गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तोकिएका सार्वजनिक स्वास्थ्य संस्थामार्फत शूल्क तिरेर परीक्षण गराउन सकिने छ। तोकिएको मापदण्ड र गोपनीयता कायम गर्दै तोकिएका सार्वजनिक स्वास्थ्य संस्थामार्फत कोरोना परीक्षण गराउन सकिने उनले बताए।

यसले पीसीआर विधिबाट गरिने परीक्षण बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । शूल्क भने सम्वन्धित स्वास्थ्य संस्थाले आफ्नो मापदण्ड अनुसार तोक्ने छन् । नेपालमा हालसम्म ४०२ जनाको पोजेटिभ, ३७ जना निको र कोरोनाकै कारण २ जनाको मृत्यु भएको अवस्था छ ।नागरिकबाट

Logo