गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, दुई अस्पताल सिल

गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, दुई अस्पताल सिल

केन्द्रबिन्दु
0
Shares

बुटवल ।
गुल्मीका कोरोना संक्रमित शिक्षकको उपचार गराएका दुई अस्पताल सिल गरिएको छ। बुटवलको क्रिमसन अस्पताल र अर्घाखाँची सन्धीखर्कको छायाँ पोलिक्लिनिकलाई सिल गरिएको हो।

कोरोना संक्रमित शिक्षक अर्घाखाँचीमा समेत उपचार गरेर आएका थिए । उपचार गरेको अर्घाखाँचीको छायाँ पोलिक्लिनिकलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

जेठ १ गते जण्डिस, ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा चेक अप गराएर उपचार सम्भव नभएपछि बुटबलको क्रिमसन अस्पतालमा छन् । उनको अहिले आइसियुमा उपचार भइरहेको छ । बुटवलको क्रिमशन अस्पताल पनि सिल गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखेर स्वाव परीक्षण हुनेछ। उनको अवस्था गम्भीर छ।अन्नपूर्णबाट

Logo