झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण

झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण

केन्द्रबिन्दु
0
Shares

झापा ।
झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

कचनकवल गाउँपालिका–६ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार चार दिन अघि भारतबाट आएका व्यक्तिको पीसीआर परीक्षणका लागि विराटनगर पठाइएकोमा रिपोर्ट पोजेटिभ देखिएको हो । यसबारे स्वास्थ्य मन्त्रालयले घोषणा गर्न बाँकी छ ।

यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यस अघि झापाको दमक र बाह्रदशीमा एक, एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।

Logo