कोरोनाबाट मृत्यु भएका महिलाका शिशुलाई कांग्रेस नेता बस्नेतद्वारा नगद ५० हजार सहयोग

कोरोनाबाट मृत्यु भएका महिलाका शिशुलाई कांग्रेस नेता बस्नेतद्वारा नगद ५० हजार सहयोग

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार सहयोग गर्ने बताएका हुन् । यो सहयोग शिशुको बुबा अस्पतालबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए ।

त्यस्तै शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षा लगायतका विभिन्न सहयोग र उच्च शिक्षा पश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।रासस

Logo