लकडाउन १५ दिन थप्न सिफारिस

लकडाउन १५ दिन थप्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप्न सिफारिस गरेको छ ।

पछिल्लोपटक थपिएको लकडाउनको समय भोलि देखि सकिंदैछ । लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरे पनि निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नेछ ।

यसअघि गत चैत ११ गते देखि जारी लकडाउन ६ पटक थपिसकिएको छ । नेपालमा हालसम्म २९२ जना कोरोना संक्रमित छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

Logo