अब नीजि अस्पतालहरुले पनि आरडिटी परीक्षण गर्न पाउने

अब नीजि अस्पतालहरुले पनि आरडिटी परीक्षण गर्न पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नीजि तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको आरडिटी परीक्षण गर्न पाउने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर नीजि तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण गर्न पाउने भएका हुन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न नीजि तथा सामुदायिक अस्पताललाई आरडिटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको हो ।

परीक्षण उपत्यकाभित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनु पर्ने व्यवस्था गरिएको छ । प्रवक्ता देवकोटाका अनुसार नीजि अस्पतालहरुले जनस्वास्थ्य प्रयोगशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडिटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन् ।

परीक्षण पश्चात दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नु पर्नेछ । नीजि तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षणबापत शूल्क लिन पाउनेछन् । किट खरिद गरेको मुल्यमा बढीमा २० प्रतिशत शूल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

Logo