नेपालमा कोरोनाबाट निधन हुनेको संख्या २

नेपालमा कोरोनाबाट निधन हुनेको संख्या २

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट निधन हुनेको संख्या दुई पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप एक जनाको काेराेना भाइरकाे संक्रमणाबाट निधन भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा आइतबार २५ वर्षिय युवकको कोरोना भाइरसका कारण निधन भएको पुष्टि भएको छ ।

यसअघि बिहिबार सिन्धुपाल्चोककी २९ वर्षिया महिलाको  निधन भएकाे स्वास्ठय मन्त्रालयले शनिबार पुष्टि गरेको थियो ।

त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर २८ हजार १ सय ६० पीसीआर परीक्षण गरिएको छ । भने ६७ हजार ७ सय ६९ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६९ पीसीआर र २ हजार २० आरडीटी नमुना परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १८ सय ३ सय ५७ रहेको छ भने आइसोलेसनमा रहनेको संख्या ३ सय ४६ रहेको छ । जसमध्ये उपत्यकामा ३५ जना र उपत्यका बाहिर ३ सय ११ जना रहेका छन् ।

त्यस्तैगरी आइतबारसम्म देशभर संक्रमितको संख्या २ सय ९१ पुगेको छ । कूल संक्रमितमध्ये २ सय ३६ जना पुरुष र ५५ जना महिला रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । घर फर्किएका कूल ३६ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Logo