कोरोनाबाट मृत्यु भएकी महिलाको शव बोक्न सहयोगी बनेको थियो नेपाल स्काउट

कोरोनाबाट मृत्यु भएकी महिलाको शव बोक्न सहयोगी बनेको थियो नेपाल स्काउट

केन्द्रबिन्दु
0
Shares

भक्तपूर ।

शनिबार एकाएक एउटा दुखद खबरले सनसनी मच्चायो । सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षिया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु भयो । यस खबरको पुष्टि नहुँदै दिउसैदेखि विभिन्न संचारमाध्ययम र सामाजिक संजालहरुमा ती महिलाको कोरोनाकै कारण मृत्यु भएको आशंका सहितका समाचारहरु आइसकेका थिए । उनको बाह्रबिसे र धुलिखेल अस्पतालमा गरिएका परिक्षणहरुले कोरोनाको पोजेटिभ रिपोर्ट देखाए पनि अस्पतालले अन्तिम परिक्षणका लागि टेकु अस्पताल पठाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि भने अबेर मात्र गरेको थियो ।

मन्त्रालयले पुष्टि त गर्यो तर ती महिलाको शव लिन धुलिखेल अस्पतालको एम्बुलेन्सले मानेन । संक्रमण फैलने डरले अरु कुनै पनि एम्बुलेन्सले शव बोक्न नमाने पछि भक्तपूर अस्पतालको विपत व्यवस्थापन विभागले विशेष प्रकारको एम्बुलेन्स धुलिखेल पठाउने निर्णय गर्यो । तर महिलाको शव छुने आँट गर्न कोहि तयार भएनन् । यहि अवस्थामा नेपाल स्काउट भक्तपूरका तालिम प्राप्त २ यूवाहरु एम्बुलेन्समा जान तयार भए ।

नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपूरमा सक्रिय स्काउटर अरुण सैंजु र राजेश गाइजुको टोलीले धुलिखेल अस्पतालबाट ती महिलाको शव पशुपति आर्यघाटसम्म पुर्‍याउने काम गरेका हुन् ।

कसैले शव बोक्न नमानेपछि नेपाल स्काउटका स्काउटरहरुले यसको नेतृत्व गरेर पशुपतिको विद्युतिय शवदाह गृहसम्म शव पुर्याएको र जलाइसकेपछि उनीहरु फर्किएका थिए । हाल ती २ यूवाहरु भक्तपूरको सूर्यविनायक स्थित सैनिक परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका नेपाल स्काउट जिल्ला भक्तपूरका आयुक्त रामगोपाल कर्माचार्यले केन्द्रबिन्दुलाई जानकारी गराए ।

आपत विपत र मानवीय संवेदनशील घडीमा कुनै शव बाहानले शव बोक्न नमानेको खबर आएपछि स्काउटले ती यूवाहरुलाई धुलिखेल अस्पताल पठाएको र यो साहसीक काम गर्न सफल भएको पनि कर्माचार्यले बताए । विगतदेखि नै यस्तो आपत विपत लगायत अन्य सामाजिक काममा सक्रिय नेपाल स्काउटले आगामी दिनमा पनि यस्ता कामहरु गरिरहने पनि उनले बताए । यतिबेला नेपाल स्काउटको यो साहसिक कामको सबैले प्रशंसा गरेका छन् ।

नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरी महिलाको मृत्यु भएको छ । यो पहिलो घटना हो । हालसम्म २९१ जना संक्रमित भएका छन् भने ३६ जना निको भएका छन् ।

Logo