कोरोनाका कारण महिलाको मृत्यु भएको प्रति बाग्मति प्रदेशका मन्त्री दुलालद्वारा दुःख व्यक्त

कोरोनाका कारण महिलाको मृत्यु भएको प्रति बाग्मति प्रदेशका मन्त्री दुलालद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा मृत्यु भएकी बाह्रबिसे नगरपालिका–९ राम्चेका सुत्केरीमा कोरोना पोजेटिभ देखिएको र निधन पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आउँदा दुःख व्यक्त गरेका छन् ।

उनका अनुसार सम्बन्धित स्थान र जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टका तर्फबाट बन्द गरिएको छ । सम्बन्धित ठाउँमा आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्रयाक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्नेछ । धैर्य र सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै उनले मृतकप्रति श्रद्धाञ्जलिका साथ बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनको पशुपतिमा रहेको विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड– १९ बाट भएको पुष्टि गरेसँगै विशेषगरि काभ्रे र सिन्धुपाल्चोकमा त्रास फैलिएको छ । यी जिल्लाहरुमा उच्च सर्तकता अपनाइएको छ । नेपालमा कोभिड –१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।

अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । हाल संक्रमितको संख्या २९१ पुगेको छ । मन्त्रालयका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान मृत्यु थिएको थियो ।रासस

Logo