धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु बारे रिर्पोट आउन बाँकी

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु बारे रिर्पोट आउन बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसका कारण भए/नभएको विषयमा परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

२४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी २९ वर्षिया महिलाको धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ । २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी ती महिलामा ज्वरो र स्वासप्रस्वासको लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताए । ती महिलाको अवस्था जटिल हुँदै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको उनले जानकारी दिए ।

प्रवक्ता देवकाटाले ती महिलाको कोरोनासँग सम्बन्धित परीक्षण भइरहेको र रिपोर्ट आएपछि मात्रै आधिकारिक रुपमा मृत्युको कारण भन्न सकिने बताए । उनले भने, ‘‘विस्तृत विवरण लिइरहेका छौँ । कोरोनासँग सम्बन्धित थप परीक्षण भइरहेका छन् । रिपोर्ट आएपछि कोरोनाका कारण मृत्यु भएको हो/होइन भन्ने कुरा निक्र्यौल गरेर आधिकारिक रुपमा जानकारी दिनेछौँ ।’’ ती महिला सिन्धुपाल्चोकका स्थानीय हुन् ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार महोत्तरीका ५२ वर्षिय पुरुष र काभ्रेका २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

Logo