विराटनगरबाट थप एकजना डिस्चार्ज, १८ जनाको उपचार हुँदै

विराटनगरबाट थप एकजना डिस्चार्ज, १८ जनाको उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।
बिहीबार विराटनगरको कोरोना अस्पतालबाट थप एकजना डिस्चार्ज भएका छन् । कोरोना भाइरस नेगेटिभ नतिजा आएपछि डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् ।

सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ। यसअघि १६ जना डिस्चार्ज भएका थिए।

बिहीबार डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रदेश १ मा ३५ जनामा संक्रमण देखिएको थियो। उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको थियो। नेपालभर भने संक्रमितको संख्या २४९ पुगेको छ।अन्नपूर्णबाट

Logo