प्रदेश नं. २ मा क्वारेन्टाइनको विस्तार र लकडाउनलाई प्रभावकारी बनाउने निर्णय

प्रदेश नं. २ मा क्वारेन्टाइनको विस्तार र लकडाउनलाई प्रभावकारी बनाउने निर्णय

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारीको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने लगायतको निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवले जानकारी गराए ।

सो बैठकले सीमापारी रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई सङ्घ सरकारलाई आग्रह गर्ने र स्वदेश ल्याउनु पर्नेका लागि प्रत्येक जिल्लामा तीन÷तीन सय क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ । यसका साथै कोरोना महामारी नियन्त्रणका लागि सङ्घ सरकारसँग थप बजेटको माग गर्ने निर्णयसमेत गरिएको स्वकीय सचिव यादवले बताए ।रासस

Logo