नेपालमा कोरोना संक्रमितकाे संख्या १२० पुग्याे, ३३ जना निको भए

नेपालमा कोरोना संक्रमितकाे संख्या १२० पुग्याे, ३३ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । आज थप १० जना नयाँ संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जस मध्ये ३३ जना निको भएका छन् । बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ ।

आज देखिएका सबै १० जना नै कपिलवस्तुका रहेका छन् । उनीहरु यशोधरा र बुद्धभूमि गाउँपालिकाका रहेका छन् । संक्रमितहरुको उमेर १८,१९,२०,२०, २४, ३०, ३१,३४,३४ र एक जनाको उमेर खुलेको छैन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Logo