भारतमा २८ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

भारतमा २८ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिना अघि मात्र भारत आएका थिए ।

संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ । दूतावासका अनुसार मृत्यु हुनेमा हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन् । पाल्पा घर भएका ती संक्रमित नेपाली कामकै सिलसिलामा रोहतकमा बस्दै आएका थिए ।

पछिल्लो संक्रमण बैतडी, दोगडा केदार गाउँपालिकाका २३ वर्षीय पुरुषमा देखिएको छ । ती संक्रमित नेपाली एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्दै आएका थिए । उक्त बजारमा सुदूरपश्चिमका थुप्रै युवाहरु काम गर्ने गर्छन् । स्वास फेर्न गाह्रो हुने र छाती पोल्ने लगायतका कोरोना भाइरसको लक्षण देखिएपछि बिहीबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको सुदूरपश्चिम नेपाली समाजका कोषाध्यक्ष महादेव भट्टले बताए । संक्रमण देखिएपछि उनलाई पहिले रामनोहर लोहिया कोरोना अस्पताल लगिएको थियो । तर, त्यहाँ बेड खाली नभएपछि सुल्तानपुरीको क्वारेन्टाइन सेन्टरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको भट्टले जानकारी दिए ।कान्तिपुरबाट

Logo