आज कपिलवस्तुमा तीन नयाँ सङ्क्रमित भेटिए

आज कपिलवस्तुमा तीन नयाँ सङ्क्रमित भेटिए

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।
कपिलवस्तुमा थप तीन कोरोना सङ्क्रमित पुष्टि भएको छ । गाउँपालिकाको वडा नं १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

१७ तथा १८ र १८ वर्षीय तीन पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कपिलवस्तुमा कोरोना पोजेटिभको सङ्ख्या पाँच पुगेको छ ।

यसअघि त्यहाँ रहेका ६५ मध्ये १२ जनाको परीक्षण हुँदा दुई सङ्क्रमित फेला परेका थिए । अब काठमाडौँको टेकुस्थित प्रयोगशालामा कपिलवस्तुबाट पठाइएको स्वाब परीक्षण गर्न बाँकी नरहेको कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले जानकारी दिए ।रासस

Logo