नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो, ३१ जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो, ३१ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । जस मध्ये ३१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

आज थप सात जना नयाँ संक्रमित देखिएसँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको हो । आज देखिएका मध्ये उदयपुर भुल्केका वर्ष १८, ४५ र ६५ वर्षका महिलाहरु , कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरु र पर्साका ६२ वर्षिय पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हिजो पनि नेपालगंजका एक १६ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको थियो । संक्रमित मध्ये हिजो विराटनगरका ८ र धनगढीका एक गरि ९ जना डिस्चार्ज भएका थिए ।

 

Logo