स्वीस सरकारद्वारा ३० हजार पीसीआर टेष्ट किट हस्तान्तरण

स्वीस सरकारद्वारा ३० हजार पीसीआर टेष्ट किट हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा विहिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गरेकी हुन् । स्वीस सरकार विकास सहयोग (एसडिसि) को सहयोगमा चार हजार पिपिई सेट एक हजार इनफ्रारेड थर्मोमिटर, आठ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण भइसकेको छ ।

नेपाल सरकारलाई उक्त संस्थाले कोभिड–१९ को पूर्वतयारी, राहत र पुनःस्थापनाका प्रयास सहयोग पुर्याउन रु पाँच लाखको कोष स्वीकृत गरेको छ । कोषले महामारी प्रभावित नेपालीको सामाजिक, आर्थिक असर घटान एवं आवश्यकता र समावेशितामा आधारित कार्यमा प्रभावकारी सम्बोधन गर्नेछ ।

नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले ३० हजार किट सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।रासस

Logo