कोरोना नियन्त्रणमा १ नम्बर प्रदेशबाट अरुले सिके हुन्छ : शेरधन राई (मुख्यमन्त्री, भिडियोसहित)

कोरोना नियन्त्रणमा १ नम्बर प्रदेशबाट अरुले सिके हुन्छ : शेरधन राई (मुख्यमन्त्री, भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । आजै मात्र कपिलवस्तुका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनहरुमा प्रदेश नं. १, प्रदेश नं. २ र प्रदेश नं. ५ मा यसका संक्रमितहरुको संख्या बढिरहेको छ । बुधबार मात्र प्रदेश नं. २ मा एकै परिवारका १७ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये हालसम्म २२ जना निको भइसकेका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । गत चैत्र ११ गतेदेखि देश लकडाउनको अवस्थामा छ । यद्यपी संक्रमितहरुको संख्या बढिरहेको छ ।

नेपालमा कोरोनाको मध्यबिन्दु मानिएको प्रदेश नं. १ जोखिमको हिसाबले अगाडि छ । भारतिय सीमा जोडिएका जिल्लाहरु र विशेषगरि उदयपुरमा देखिएको अवस्थाले समग्र प्रदेशलाई चुनौती थपिदिएको हो । यद्यपी संक्रमितहरु निको हुने क्रममै रहेकाले आत्तिनु पर्ने अवस्था भने नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विराटनगरबाट बुधबार मात्र ६ जना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् भने शुक्रबार अरु ८ जना डिस्चार्ज हुने तयारीमा छन् ।

यस अवस्थामा प्रदेश नं. १ ले कोरोना रोकथामका लागि विभिन्न कदमहरु चालेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । यहाँका सबै जिल्लाहरुमा आवश्यक तयारी गरिएको उनले जानकारी दिए । यसपटक मुख्यमन्त्री राईसँग हामीले प्रदेश नं. १ मा कोरोना नियन्त्रणका लागि के के भइरहेको छ भन्ने विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुले उनीसँग गरिएको कुराकानी यो भिडियोमा :

Logo