यूएन वुमनमा पर्न सफल डा.रुना झाको अनुभव

यूएन वुमनमा पर्न सफल डा.रुना झाको अनुभव

केन्द्रबिन्दु
0
Shares

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण हाल विश्व नै प्रभावित भएको छ । संक्रमणबाट बच्न अधिकांश देशहरु लकडाउन गरिए पनि स्वास्थ्यकर्मीहरु भने फ्रन्टलाइनमा बसेर अहोरात्र खटिरहेका छन् ।

संयुक्त राष्ट्र संघीय नियोग यूएन वुमनले यसरी फ्रन्टलाइनमा खटिएर संघर्ष गरिरहेका विश्वका ५ महिलाको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा पनि रहेकी छिन् । उनी र उनको टोलीले दैनिक लगभग ७० नमुनाहरु परिक्षण गर्दै आएका छन् । यसका साथै अतिरिक्त समयमा पनि घण्टौं काम गरिरहेका छन् । “प्रयोगशालामा ढिलासम्म रहनु सामान्य भएको छ । प्राविधिक कार्यको अतिरिक्त मैले आफ्नो समुहको लागि यातायात र खानाको प्रबन्ध गर्ने जस्ता कुराहरु पनि व्यवस्थापन गर्नुपर्छ”, उनी भन्छिन् ।

उनको टोलीको ख्याल राख्नु डा.झाको लागि उच्च प्राथमिकता हो । यो सबै प्रक्रिया फेब्रुअरीको मध्यतिरदेखि सुरु भएको हो । जब उनको समुहले क्वारेन्टाइनमा प्रवेश गर्ने पहिलो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भेट्टाएका थिए । त्यसपछि १७५ नेपाली विद्यार्थी चीनको वुहानबाट नेपाल ल्याइएको थियो ।

“मेरो टोली नमुना लिन स्वयंसेवा गर्न कहिल्यै हिचकिचाएन । हामीले रातभर काम गर्यौं र भोलिपल्ट १ सय ७५ रिपोर्टहरु संकलन गर्यौं”। उनले आफ्नो अनुभव शेयर गरिन् । महामारीमा महिनौंदेखि तीब्ररुपमा काम जारी छ । डा. झाले आफ्नो टोलीलाई सघाउन र मनोबल बढाउन सबैभन्दा ठूलो भूमिका खेलेकी छिन् ।

“यो हाम्रो लागि धेरै गाह्रो समय हो, र मैले उनीहरुलाई उत्प्रेरित गर्नुपर्दछ । म उनीहरुसँग कुरा गर्छु जब उनीहरु पनि निराश महशुस गरिरहेका हुन्छन् । म उनीहरुलाई भन्छु । बिरामीहरुको सुरक्षा गर्नु हाम्रो पहिलो प्राथमिकता हो” । उनी भन्छिन् । यो सँगै डा. झाको लागि रोजगारी पनि चुनौतीपूर्ण भएको छ । उनी एक्लै बस्छिन् । उनी आफ्नो छोरी र श्रीमानबाट अलग छिन् । किनभने उनीहरुलाई पनि संक्रमण सर्ने डर छ । उनी आफ्नो परिवारको जीवनलाई जोखिममा पार्न चाहँदिनन् , त्यसैले उनी एक्लै बस्छिन् ।

उनी हप्तामा तीन पटक आफ्ना बुबाआमा भेट्न जान्थिन् । तर, अहिले चाहेर पनि उनले आफ्ना बुबाआमालाई भेट्न सक्दिनन् । डा.झा भन्छिन् “म मेरो छोरीलाई अंगालो हाल्न चाहन्छु र मेरा बुबाआमाको हेरचाह गर्न चाहन्छु ।”

Logo