म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकै दिन तीन जना अस्पताल भर्ना

म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकै दिन तीन जना अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

म्याग्दी।
म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुने जस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीका पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताए ।

“म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु सङ्क्रमित भेटिएका छन्, “उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा बस्ताकोटीले भने । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दीमा डेङ्गु रोगको जोखिम उच्च रहेको डा बस्ताकोटीको भनाइ छ ।रासस

Logo