कोरोना पोजेटिभ निको भई डिस्चार्ज

कोरोना पोजेटिभ निको भई डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

कैलाली ,

कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । आज डिस्चार्ज हुनेको नाम पाना विक हो । वीरगञ्जबाट कैलाली आएकी उनलाई कोरोना भाइरसको पुष्टि भएपछि वैशाख १ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यसअघि सो अस्पतालबाट कञ्चनपुरको बेदकोट नगरपालिकाका ईन्द्र विक, धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय अमृत शाही र कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक कोरोना निको भई डिस्चार्ज भइसकेका छन् ।

अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका-५ की ३४ वर्षीया एक महिलाको उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट डिस्जार्च हुनेलाई एक हप्तासम्म घरमा ‘होम क्वारेन्टाइन’ मा अलग्गै कोठामा बस्नुपर्ने सल्लाह चिकित्सकले दिने गरेका छन् ।

सूचना अधिकारी श्रेष्ठले डिस्चार्ज हुनेलाई एक हप्तासम्म आफ्नो परिवारसँग हेलमेल नगरी कुनै कुरा गर्नुपरेमा कम्तिमा पनि दुई मिटरको दूरी कायम राख्न र स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा जानकारी दिन सल्लाह दिने गरिएको बताए । रासस

Logo