कालोबजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना

कालोबजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज ।

तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालोबजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई दुई लाख जरिवाना गरिएको छ । ६ हजारमा खरीद गरेको थर्मोमिटरलाई १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारवाही गरिएको हो ।

लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार अनुगमन टोलीले उक्त औषधि पसललाई खरीद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिई बिक्री गर्न र औषधि ब्यवस्था विभागले सिफारिश गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ । समितिले बुधबार नै नेपालगञ्जका अरु तीन औषधि पसलमा पनि अनुगमन गरेको थियो ।

संयुक्त बजार अनुगमन टोलीले यसअघि औषधिमा कालोबजारी गरेका अभियोगमा नेपालगञ्जको हिल्स मेडी सप्लायर्सलाई दुई लाख र कमला मेडिसिनलाई ५० हजार जरिवाना गरिसकेको छ ।रासस

Logo