मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा आठ हजार थान मास्क हस्तान्तरण

मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा आठ हजार थान मास्क हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोभिड १९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एशोशिएसन (एमपिआइए) ले सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

सिंहदरबार बग्गीखानास्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एशोशिएसनका अध्यक्ष दिपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सहयोगस्वरुप ८ हजार थान मास्क हस्तान्तरण गरेका थिए ।

अध्यक्ष दिपककुमार मलहोत्राले यस सहयोगले कोभिड १९ महामारीविरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

Logo