रामेछापमा १५५ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

रामेछापमा १५५ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

रामेछाप ।

रामेछाप जिल्लामा हालसम्म १ सय ५५ जनाको र्‍यापिड टेष्ट गरिएको छ । टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

मंगलबारसम्म १ सय ५५ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १२ जना, रामेछाप नगरपालिकामा २४ जना, लिखुतामाकोशी गाउँपालिकामा ६ जना, सुनापति गाउँपालिकामा २१ जना , दोरम्बा गाउँपालिकामा १५ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा ४१ र खाँडादेवी गाउँपालिकामा ३३ गरि जिल्लाका ८ स्थानीय तहमा १ सय ५५ जनाको र्‍यापिड परिक्षण गरिएको छ ।

Logo