‘नेपालमा ४ जनाले जिते कोरोनालाई, २७ जना उपचाररत’ : स्वास्थ्य मन्त्रालय

‘नेपालमा ४ जनाले जिते कोरोनालाई, २७ जना उपचाररत’ : स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस जित्ने नेपालीको संख्या ४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार चार जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक आज डिस्चार्ज हुने भएका छन् ।

यसअघि शनिबार मात्र २ जना डिस्चार्ज भएका थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती शनिबार डिस्चार्ज भइन् । उता बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीया महिला पनि हिजो नै डिस्चार्ज भएकी थिइन् । एक जना भने यस अघि नै डिस्चार्ज भइसकेका छन् ।

आज सम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेकोमा २७ जना विभिन्न जिल्लामा उपचाररत छन् ।

Logo