काठमाडौं महानगरको र्‍यापिड टेष्ट आज कहाँ-कहाँ ?

काठमाडौं महानगरको र्‍यापिड टेष्ट आज कहाँ-कहाँ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्‍यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको र्‍यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ ।

विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै फैलिरहेको त्रासलाई परीक्षणले कम गर्ने मेयर विद्यासुन्दर शाक्यले बताए । उनले भने, ‘विदेशबाट आएका नागरिक भन्ने वित्तिकै डर फैलिएको छ । उनीहरुले पनि आफू ठिक छु भन्न सक्छन् र अरुलाई पनि बेठिक हुन दिन्न भन्न सकिने हुनाले परीक्षण सुरु गरिएको हो ।’ मेयर शक्यले विदेशबाट आएका नागरिकहरुलाई परीक्षण गराएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।

आइतबार नै महानगरको वडा नम्बर २६ र १६ मा परीक्षण गरिनेछ । विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन् । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा विदेशबाट आएका नागरिकमा नै देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले २९ जना कोरोना पोजेटिभ देखिएका व्यक्ति उपचाररत रहेका छन् । २ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Logo