कोरोना भाइरसबाट बच्न कस्तो मास्क चाहिन्छ ?

कोरोना भाइरसबाट बच्न कस्तो मास्क चाहिन्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले यतिबेला विश्वलाई नै स्तब्ध बनाएको छ । गतवर्ष डिसेम्बरदेखि  चीनको वुहान शहरबाट फैलिएको यो भाइरस ४ महिना बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । शक्तिशाली मानिने राष्ट्रहरु झनै यस भाइरसबाट प्रभावित भएका छन् ।

कोरोनाको निश्चित उपचार पद्धति र औषधि नहुँदा यसबाट हालसम्म १ लाख ६० हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यसैले कोरोना संक्रमणबाट बच्न आफैं सुरक्षित हुनु आवश्यक छ । त्यसका लागि मास्क पहिलो प्राथमिकतामा पर्दछ । मास्क पनि धेरै प्रकारका हुन्छन् । कुन मास्क कतिको प्रभावकारी हुन्छ र घरमा कसरी मास्क सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ त ?

एन ९५ मास्क

यो कोरोना भाइरस जस्ता संक्रमणबाट रक्षा गर्न सबैभन्दा राम्रो मास्कहरु मध्ये एक हो । यो सजिलै मुख र नाकमा फिट हुन्छ र कणहरुलाई नाक वा मुखमा प्रवेश गर्नबाट रोक्दछ । यो मास्क हावामा उपस्थित कणहरु रोक्न ९५ प्रतिशत सक्षम छ । त्यसैले यसको नाम एन ९५ राखिएको हो । कोरोना भाइरस कणहरु व्यासमा ०.२२ माइक्रोन जत्तिकै साना हुन्छन् । जसका कारण यस किसिमको मास्कले बचाउन ठूलो हदसम्म सहयोग गर्दछ । यस मास्कले सय प्रतिशत ब्याक्टेरियाहरु, धुलो र कणबाट बचाउँछ ।

एफएफपी मास्क

यो मास्क तीन श्रेणीमा उपलब्ध छ । एफएफपी १, एफएफपी २ र एफएफपी ३ । यी ३ मध्ये सबै भन्दा राम्रो एफएफपी ३ मास्क हो । यसले माइक्रोस्कोपिक कणहरु विरुद्ध सुरक्षा गर्दछ । एफएफपी मास्कले भाइरसबाट ९५ प्रतिशत र ब्याक्टेरिया, धुलो, परागकणहरुबाट ८० प्रतिशत जोगाउँदछ ।

एक्टिभेट कार्बन मास्क

यो मास्क सामान्यतया गन्ध रोक्न प्रयोग गरिन्छ । यो भाइरसविरुद्ध संरक्षण गर्न अपर्याप्त छ । किनकी यसले केवल भाइरसबाट १० प्रतिशत मात्र सुरक्षा प्रदान गर्दछ भने ५० प्रतिशतले ब्याक्टेरियाहरु, धुलो र कणहरुबाट जोगाउँछ ।

कपडाको मास्क

यसले भाइरसविरुद्ध रक्षा गर्दैन । त्यसैले विशेषज्ञहरुले यस मास्क प्रयोग गर्न सल्लाह दिदैनन् । मानिसहरु कपडाको मास्क घरमै बनाउँदछन् । यस्ता मास्कले ब्याक्टेरियाहरु, धुलो र कणहरुबाट मात्र ५० प्रतिशत रक्षा गर्दछ । यो एकपटक प्रयोग गरेपछि डिस्पोजल गर्न एकदम महत्वपूर्ण छ ।

स्पन्ज मास्क

यो मास्कले पनि भाइरसविरुद्ध जोगाउँदैन । यसले केवल ५ प्रतिशत ब्याक्टेरिया र धूलोबाट बचाउन मद्दत गर्दछ । विज्ञहरुले यस मास्क लगाउन कहिल्यै सुझाव दिंदैनन् ।

मास्क कसरी धुने ?

मास्कलाई साबुन र तातोपानीले धोएर घाममा कम्तिमा ५ घण्टासम्म सुकाउनु पर्दछ । यदि घाम लागेको छैन भने प्रेसर कुकर प्रयोग गर्न सकिन्छ । पानीमा नुन मिसाएर करिब १५ मिनेटसम्म उमालेपछि तातोपानी अथवा प्रेसर कुकरमा मास्कलाई दुबाउन सकिन्छ । त्यसपछि यसलाई सुकाउनु पर्दछ ।

सुकाउनका लागि इस्त्रीको पनि प्रयोग गर्न सकिन्छ । यदि घाम र कुकर छैन भने मास्कलाई साबुनले धोएर सुख्खा गर्नको लागि इस्त्री प्रयोग गर्न सकिन्छ । डिस्पोजेबल मास्क कहिल्यै उमाल्नु हुदैन । डिस्पोजेबल मास्कहरु सफा नगर्दा राम्रो हुन्छ । यस भित्र धेरै तत्वहरु छन् जुन धोएपछि खराब हुन सक्छन् ।

(एजेन्सीको सहयोगमा)

Logo