हालसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

हालसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन् ।

गत चैत १० गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी युवती शनिबार २७ दिनपछि निको भएर डिस्चार्ज भएकी हुन् । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । युवतीको पछिल्लो २ वटा पिसिआएर टेष्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । शनिबार डिस्चार्ज भएकी युवतीसँगै कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो । शुक्रबार उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ जना पुरुष चितवनमा पोजेटिभ देखिएका २ जना (एक महिला र एक पुरुष) को उपचार भइहेको छ । आरडिटी विधिबाट पोजेटिभ देखिएका नमुनाको पिसिआर परीक्षण जारी रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा परीक्षण गरिएको छ । यसैगरी आरडिटी विधिबाट अहिलेसम्म १९ हजार ४ सय ५४ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । मन्त्रालयले सबै जिल्लामा र्‍यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Logo