काठमाडौँ महानगरले ३२ वटै वडामा र्‍यापिड टेष्ट गर्दै

काठमाडौँ महानगरले ३२ वटै वडामा र्‍यापिड टेष्ट गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरमा बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड टेष्टलाई तिव्रता दिएको छ ।

सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै हिजो महानगरले वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड टेस्ट गराएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

महानगरले र्‍यापिड टेस्टलाई निरन्तरता दिदैँ विहिबार वडा–४ का ५१ जनाको टेष्ट गराएको छ । बिदेशबाट आएका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचना गरी उनीहरुको टेष्ट गरेको वडाध्यक्ष मोहन विष्टले जानकारी दिए । ‘महानगरको वडा नं.–४ ले जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयंसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर बिदेशबाट आएका, सेल्फ क्वारेन्टाइनमा बसेका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचान गरी विवरण संकलन गरेको थियो ।

वडाध्यक्ष मोहन विष्टले भने, ‘यसरी विवरण संकलन गरेका ४६ र वागमती कलेजको क्वारेन्टाइनमा बसेका ५ जना गरी ५१ जनाको विहिबार र्यापिट टेष्ट भयो । उनीहरु सबैको रिर्पोट नेगेटिभ आयो ।’ कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि महानगरले ०७६ फागुन १८ पछि विदेशबाट फर्केर महानगरभित्र बसोवास गर्दै आएका १ सय ३६ जनाको विवरण संकलन गरिसकेको महानगरले जानकारी दिएको छ ।

‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर गत फागुन १८ पछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्ने लगायतका कार्य गरेका छौँ,’ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘अब ३२ वटै वडामा र्यापिड टेष्टलाई तिव्र रुपमा अघि बढाउछौँ ।’ उनले बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुलाई सम्वन्धित वडामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार महानगरले विवरण संकलन गरेका १३७ मध्ये सबै भन्दा बढी दुबईबाट फर्किएका छन् । त्यसैगरी कतार, फान्स, अष्टेलिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारत लगायतका देशबाट आएकाहरुको पनि विवरणमा संकलन गरिएको छ ।

महानगरपालिकाले त्यसरी विदेशबाट आएर महानगरपालिकामा बसोवास गर्नेमा सबै भन्दा बढी वडा नम्बर–११ मा रहेको विवरण संकलन गरेको छ । विवरण अनुसार उक्त वडामा २६ जना रहेका छन् ।

Logo