स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोभिड परीक्षण गरिने

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोभिड परीक्षण गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । विहिबार मन्त्रालयले सूचना जारी गरी कोभिड–१९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि र्यापिड डाइनोष्टिक टेष्ट (आरडिटी) बाट परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यस्तै सरकारले चैत महिनाभित्र विदेशबाट आएका सबैको समेत आरडिटीबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ । मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाएको छ ।

नेपाल कोभिड–१९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ । अहिलेसम्म नेपालमा १६ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । नेपाल कोभिड– १९ को दोस्रो चरणमा प्रवेश गरेको छ । सम्भावित सङ्क्रमण बढ्न नदिन सरकारले वैशाख १५ गतेसम्म लकडाउन कायम राखेको छ ।रासस

Logo