कोरोना लागेको भनिएका काभ्रेका २ युवाको रिपोर्ट नेगेटिभ

कोरोना लागेको भनिएका काभ्रेका २ युवाको रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काभ्रे।
हिजो काभ्रेको मण्डनदेउपूर र बेथान्चोकका २ युवामा देखिएको आरडिटी पोजेटिभ आज नेगेटिभ भएको प्रमाणित भएको छ ।

मंगलबार जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक / एक जनामा कोरोनाको आशंका देखिएपछि उनीहरुलाई मंगलबार नै थप परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको थियो ।

उनीहरुको हिजो गरिएको आरडिटी परिक्षणमा दुवै जनामा पोजेटिभ देखिएको आशंका भएपनि आज गरिएको परिक्षणमा नेगेटिभ देखाएको छ ।

मण्डनदेउपूर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले धुलिखेल अस्पताललाई उदृत गर्दै दिएको जानकारी अनुसार दुवैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत चैत ९ गते भारतबाट नेपाल फर्किएका बेथान्चोक गाउँपालिका वडा नं. ५ का एक २८ बर्षिय युवालाई कोरोना भाइरसको आशंका गरिएको थियो । यता मण्डनदेउपुर नगरपालिका वडा नम्वर ३ नयाँगाउँका २३ बर्षिय युवाको पनि आरडिटी परिक्षणमा कोरोनाको आशंका देखिए पछि उनलाई पनि धुलिखेल अस्पताल पठाइएको थियो ।

यता जिल्ला प्रशासन कार्यालय काभ्रेले भने जिल्लामा हिजो २ जनाको आरडिटी परिक्षणमा पोजेटिभ आएको भन्दै आजदेखि सुरक्षामा अझै कडा गरेको छ । काभ्रे जिल्लामा गरिएको (आरडिटी) द्रुतगतिको परिक्षणमा २ जनामा कोरोना संक्रमणको आशंका गरिएपछि जिल्ला प्रशासन कार्यालयले यहाँको सुरक्षा र लकडाउनमा थप कडाई गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै आजदेखि काभ्रेका राजमार्ग हुँदै एक जिल्लाबाट अर्को जिल्लामा हिंडेर जान समेत रोक लगाएको थियो । आज सो जिल्ला हुँदै बाहिरी जिल्ला जाँदै गरेका सयौं मानिसहरु साँगामा रोकिएका छन् ।

उता गोरखाका युवामा देखिएको भनिएको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको छ ।

 

Logo