कोरोना संक्रमित भेटिएपछि सनसिटी अपार्टमेन्टमा बस्ने बेनिशा तनावमा

कोरोना संक्रमित भेटिएपछि सनसिटी अपार्टमेन्टमा बस्ने बेनिशा तनावमा

केन्द्रबिन्दु
0
Shares

नायिका बेनिशा हमाल मार्च १८ तारिखमा भारतबाट नेपाल आएकी थिइन् । कोरोनाको त्रास र महामारी बढिरहेका बेला नेपाल आएकी उनी पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकी छिन् ।

फुपू र भाइसँग बस्दै आएकी उनले आफूले सुरुको १४ दिन सेल्फ क्वारेन्टाइन राखिन् । त्रास र जोखिम कायम भए पनि आफू र परिवार सुरक्षित भएकोमा उनी ढुक्क थिइन् । तर उनको मनले तब ठाउँ छोड्यो जब सनसिटी अपार्टमेन्टमा नै बस्दै आएका दुई जनालाई कोरोना सङ्क्रमण देखियो ।

बेनिशा सनसिटी अपार्टमेन्टको ‘ब्लक जे’ मा बस्छिन् । अपार्टमेन्टभित्रै सङ्क्रमण देखिएपछि फेरि त्रास उत्पन्न भए पनि सङ्क्रमित परिवार र बेनिशा बस्ने ब्लग फरक हो ।

अपार्टमेन्टभित्रका सबैले सामान किन्ने पसलहरु लगभग एउटै भएकाले पनि जोखिम बढी भएको र यसमा निकै डर लागेको उनले बताएकी छिन् । आफ्नै ठाउँमा कोरोना सङ्क्रमण देखिएपछि अझ बढी चिन्तित बनाएको बताएकी छिन् । उनले आफू बरु भोकै बस्ने तर बाहिर ननिस्किने बताउँछिन् ।

उनले पहिला भन्दा अब झनै सतर्क हुनुपर्ने समेत बताएकी छिन् । उनले आफ्नो सामाजिक संजाल बाट आफु र आफ्नो परिवार सुरक्षित भएको जानकारी दिएकी छिन् ।

 

Logo