तीन जनाको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा सिलबन्दी

तीन जनाको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा सिलबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्‍ने तीन जनाको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पताल लगिएको छ ।

उनीहरुको स्वाबको परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। एउटै परिवारका उनीहरु एक महिना अघि बेलायतबाट नेपाल आएका थिए ।

उनीहरुको र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि अहिले प्रहरीले सो अर्पाटमेन्ट सिलबन्दी गरेको छ । एकै परिवारका उनीहरु ८१ वर्षीया वृद्धा सहित ५८ वर्षका छोरा र ५६ वर्षीया बुहारी रहेका बताइएको छ ।

Logo