बागलुङकी आरडिटी पोजेटिभ वृद्धामा कोरोना नभएको पुष्टि

बागलुङकी आरडिटी पोजेटिभ वृद्धामा कोरोना नभएको पुष्टि

केन्द्रबिन्दु
0
Shares

बागलुङ ।

कोरोनाको द्रुत परीक्षण अर्थात् र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

आरडिटी पोजेटिभ देखिएको महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखराको कोरोना परीक्षण ल्याबमा पठाइएको थियो । स्वाब परीक्षण गर्दा उक्त महिलाको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए ।

चैत ७ गते भारत तीर्थयात्रा गरेर फर्किएकी महिलाको आइतबार गाउँपालिकामा गरिएको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ देखिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आइतबार राति ११ बजे भीमसेन माविको क्वारेन्टाइनमा राखेको छ ।रासस

Logo