आजै मात्र २ जनामा कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

आजै मात्र २ जनामा कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित हुनेको संख्या १४ पुगेको छ ।

आज रौतहटका एक १९ वर्षिय युवकमा र कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षिया महिलामा कोभिड–१९ पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १४ पुगेको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको जानकारी दिएका हुन् ।

अहिलेसम्म एक जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको देशका विभिन्न भागमा उपचार भइरहेको छ ।

Logo