पीपीइ र मास्क बनाउन अक्षयको ३ करोड सहयोग

पीपीइ र मास्क बनाउन अक्षयको ३ करोड सहयोग

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोनाको जोखिम कम गर्न लकडाउन जारी गरिएको छ । यद्यपि कोरोना सङ्क्रमित बढी नै रहेका छन् । यो जोखिमको अवस्थामा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्न बलिउड कलाकारहरू अगाडी आइरहेका छन् ।

यसैबिच बलिउड चर्चित अभिनेता अक्षय कुमारले सहयोग गरेका छन् । केही दिन अघि प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका अक्षयले फेरी बीएमसीलाई तीन करोड रुपैयाँ सहयोग गरेका छन् ।

कोरोना भाइरससँग बच्न प्रयोग हुने पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामा यसबारे आधिकारिक जानकारी दिएका हुन् ।

 

Logo