नेपालमा थप ३ जनामा देखियो कोरोना, संक्रमित संख्या १२ पुग्यो

नेपालमा थप ३ जनामा देखियो कोरोना, संक्रमित संख्या १२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा १२ जनामा कोरोना भएको पुष्टि भएको छ । पर्साको वीरगंज महानगरपालिका, वडा नं.-२, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यसमध्ये तीन जनामा कोरोना पुष्टि भएसँगै नेपालमा यसबाट संक्रमित हुनेको संख्या १२ पुगेको हो ।

पछिल्लो पटक पुष्टि भएका ३ जना नै भारतिय नागरिक रहेको र उनीहरु वर्ष ३७, ५५ र ४४ का पुरुषहरू रहेको बताइएको छ ।

उनीहरुलाई कोरोनाको शंका लागि नारायणी अस्पताल, वीरगंजमा आईसोलेशनमा राखि थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो । उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि पुनः एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार परिक्षण गरिएकोमा त्यहाँबाट समेत पोजिटिभ रिपोर्ट देखिएको छ । अहिले उनीहरुको संसर्गमा रहेकाहरुको खोजी गरिनुका साथै निजहरू गएको स्थान पहिचान गर्ने काम भइरहेको बताइएको छ ।

Logo