कोरोनालाई जितेका नेपालीहरूको अनुभव (भिडियोसहित)

कोरोनालाई जितेका नेपालीहरूको अनुभव (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

धादिङ ।

अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका उनले घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको सल्लाह बमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको बताए । यसका लागि आत्मबल बलियो हुनु जरुरी रहेको बताउँदै उनले कोरोनाको ठूलो औषधि नै सकारात्मक सोच भएको बताए । “म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र संक्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला । उनले सुझाव दिए । आफूलाई कोभिड–१९ को संक्रमण देखिएपछि अरुलाई सर्न नदिनका लागि आफैँले सजगकता अपनाउन पर्ने गौली बताउँछन् ।

उता इङ्गल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को सङ्क्रमणपछि निको भएका छन् । २० वर्षदेखि बेलायतमा बस्दै आएका उनले कोरोना संक्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिन, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान सुझाव दिए ।

त्यस्तै अमेरिकाको न्यूयोर्क बस्दै आकी ४४ वर्षीया नीमा शेर्पाको परिवारमा ४ जनालाई कोरोनाको संक्रमण भएको थियो । २२ वर्षदेखि अमेरिका बस्दै आएका उनले एकले अर्काको आत्मबल बढाएको र खोकी र ज्वरोको औषधि सेवन गरेको बताए । उनले परिवारमा छुवाछुत जस्तो नगरी एकअर्कालाई सहयोग गर्नुपर्ने बताइन् ।

 

 

Logo